टिप्परको ठक्करबाट कपिलवस्तुका आचार्यको काठमाडौंमा मृत्यु

प्रकाशित मिति:

काठमाडौँ -टिप्परको ठक्करबाट कपिलवस्तुको तौलिहवाका राजेन्द्र आचार्यको ज्यान गएको छ । काठमाण्डौको जडिबुटीमा आचार्यको टिप्परको ठक्करबाट ज्यान गएको हो ।
बुधबार दिउँसो बा २ ख ६७८२ नम्बरको टिप्परले बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक आचार्यको ज्यान गएको हो ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।