युवा समाजसेवी तथा शान्ति समाज नेपालका अध्यक्ष शान्ति दिप रेग्मी सौर्य अवार्ड बाट सम्मानित हुंदै

प्रकाशित मिति:

नेपालका युवा समाजसेवी तथा शान्ति समाज नेपालका अध्यक्ष शान्ति दिप रेग्मी भारतको नयाँदिल्लीमा अल ईन्डिया सौर्य अवार्ड अर्थात अखिल भारतीय सौर्य पुरस्कार २०१८ बाट सम्मानित हुने भएका छन् । अगस्ट १२ तारिखका दिन गान्धी आर्ट ग्यालरी मेहरौली गुरगाँउ रोड स्थित एक बिशेष समारोह बिच सम्मानित हुनेछन् ।

भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा सो पुरस्कार घोषणा हुनेछ । नेपालबाट उनी पहिलो पटक सम्मानित हुने समाजसेवी हुन् । यसभन्दा अगाडी कुनै नेपालीले यो सम्मान प्राप्त गरेका छैनन् ।

सामाजिक सस्था अग्निपथद्वारा यो सम्मान नेपाली युवा समाजसेवीलाई मनोनयन गरिएको छ । नेपालमा समाजसेवा मार्फतआफूलाई अगाडि बढाउँदै समाजमा अपाङ्गता भएका महिलाहरुलाई सीपमुलक तालिम सिलाई, कटाई, ब्युटि पार्लर लगायतका तालिम नियमित रुपमा दिई उनीहरुलाई रोजगारी सृजना गरिरहेका छन् ।

हालसम्ममा उनको संस्थाबाट करिव ५ सय जनाले विभिन्न किसिमका तालिम लिइसकेका छन् भने दश जनाले आफै ब्यवसाय गरी रोजगारीसमेत सृजना गरेका छन् । उनले नेपालमा आएको भुकम्प र विभिन्न शीतलहर पीडितलाई न्यानो कपडा सकंलन गरि सम्वन्धित ठाउमा गई बितरण गर्ने गरेका छन् भने बिभिन्न समयमा राहत लगायत समाग्रीहरु पनि बितरण गरेका छन् भने उनलाई बिभिन्न १५ देशबाट सम्मान तथा पुरस्कार हरु पनि प्राप्त भएका छन् ।

उनले कर्णालीमा जाडो समयमा न्यानो कपडा बितरण गर्नका लागि आफुले प्रयोग गर्दे आएको टीभी र दराज समेत बिव्रmी गरि सो कपडा कर्णाली पठाए हाल सम्म उनले एघार सय जनालाई न्यानो कपडा बितरण गरेका छन् ।

अग्नीपथ संस्थाका अध्यक्ष महेन्द« कुमार लुथरा का अनुसार सम्मान कार्यव्रmममा भारतका बिभिन्न पन्ध्र राज्यका ७१ जना समाजेवी सम्मान गरिने छ भने नेपालबाट शान्ति दिप रेग्मी एक्ला समाजसेवी हुन् ।