बर्दघाट नगरपालिका र प्रतापपुर गाउपालिकाले हावाहुरी प्रभावितहरुलाई राहत प्रदान गर्ने,

प्रकाशित मिति:

रामु भुषाल,नवलपरासी-पश्चिम नवलपरासीमा अवस्थित बर्दघाट नगरापलिकाका १६ वटै वडाका सम्पुर्ण जनप्रतिनिधहरुले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट ज्यान गुमाउनेहरुको परिवार प्रति नगरपालिकाले सम्बेदना प्रकट गर्दै प्रभावित भएकाहरुका लागी आफ्नो एक दिनको तलब दिने बताएको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट नगर उपप्रमुख माया देवी पौडेल सहित बर्दघाटका सम्पुर्ण जनप्रतिनिधीहरुले आफुहरुले आफ्नो एक दिनको तलब हावाहुरी प्रभावितहरुलाई उपलब्ध गराएउने बताएका हुन । प्राकृतीक विपतीमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै सो रकम प्रदेश नम्बर २ को मुख्यमन्त्री राहत संकलन कोषमा जम्मा गरिने नगर प्रमुख धिरज शर्मा बस्यालले सामुदायिक रेडियो दाउन्नेलाई जानकारी दिनुभएको छ । त्यस्तै प्रतापपुर गाउपालिकाले समेत यही चैत १७ गते बारा र पर्सामा आएको भीषण हावाहुरिबाट ज्यान गुमाउनेहरुको परिवार प्रति गाउँपालिकाले सम्बेदना प्रकट गर्दै गाउपालिकाका सम्पुर्ण कर्मचारी, जनप्रतिनिधिहरुको तर्फबाट १ लाख रुपिया राहत उपलब्ध गराउने भएको छ । हावाहुरीबाट घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री राहत कोष प्रदेश न २ को खातामा गाउँपालिकाले रु १ लाख रकम सहयोग स्वरुप पठाउने प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भएको छ ।