नेपाल बारमा उपत्यकाको मत गन्न वाँकी हुँदासम्म प्रजातान्त्रिक समूहको अग्रता

प्रकाशित मिति:

काठमाडौं – कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनमा उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहले अग्र स्थानमा छ । उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा प्रजातान्त्रिक समूह अग्र स्थानमा पुगेको हो । जसमा प्रजातान्त्रिक समूहको अध्यक्षका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् ।

८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । जसमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य, प्रदेश ७ मा ठेकेन्द्रराज जोशी र महिलामा कविता थापा कार्कीले अग्रता लिएका छन् ।

यस्तै महासचिवमा पनि प्रजातान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिएका छन् । पौडेलले १७ सय ९५ र वामपन्थी समूहका सुरेन्द्र थापामगरले १४ सय ९५ मत ल्याएका छन् । कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तेजबहादुर रावलले १६ सय ९४ र वामपन्थी समूहका रुद्रप्रसाद पोखरेलले १५ सय ७० मत ल्याएका छन् । अन्य पदहरुमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ