जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी बर्दघाट खोनपानी तथा सरसफाई उपभोक्ता सस्था अन्र्तगत सञ्चालित खानेपानी सुरक्षा योजना समितीको आयोजनामा बुधबार बर्दघाट ४ आदर्श नगरमा खानेपानी सम्बन्धी सुरक्षा, सरसफाई र जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष एवं समितिका समयोजक धातानन्द बस्यालको अध्यक्षता एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुलाई खानेपानीको महत्व, चुहावट नियन्त्रण र जलवायु परिवर्तनले खानेपानीमा पर्ने असर र सरसफाई लगाएतका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा आर्दशनगर टोल विकास सस्था र आनन्द नगर आमा समुहका पदाधिकारी, सस्थाका पदाधिकारी, कर्मचारी, सुरक्षा समितिका पदाधिकारी, उपभोक्ता लगाएत करिब ७५ जनाको सहभागिता रहेको थियो । सो अवसरमा खानेपानी सुरक्षा योजना समितिका सदस्य एवं स्वास्थ्यकर्मी ईन्द्र लामिछाने र सस्थाका ब्यवस्थापक विष्नुकुमार भुषालले मुहान देखी मुख सम्म कसरी खानेपानी सुरक्षित गर्ने र वातावरणिय सरसफाईका बारेमा सहजिकरण गर्नुभएको थियो ।

सस्थाको बषिृक कार्यक्रम अनुसार र स्वास्थ्य चेतना जागृत गर्ने उदेश्यका साथ खानेपानी वितरित स्थानहरुमा कार्यक्रम गरिदै लगिने जनाइएको छ । सो कार्यक्रममा शिक्षा प्रेमी, समाजसेवी तपचन्द्र विश्वकर्मा लगाएतले यस्ता कार्यक्रमहरुले जनचेतना जागृत हुने हुदा कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताएका थिए । सो कार्यक्रममा सहभागिले उपभोक्ताका समस्या र सस्थालाई सुझाव समेत दिइएका थिए । बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा सञ्चालित उक्त सस्थाले यस वडाका करिब ३३ सय घरधुरीमा २४ सै घण्टा खानेपानीको सेवा दिई रहेकोे छ भने बाकी रहेका करिब १ सय घरधुरीमा समेत सेवा विस्तार गरिदै लगिने सस्थाका अध्यक्ष रानाले जानकारी दिनुभयो । कार्यक्रममा सुरक्षा समिति सदस्य शोभा सुबेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सुरक्षा योजना समितीका सदस्य रामु भुषालले गर्नुभएको थियो ।