लिस्नुकपमा आज पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल बिजयी ,,जितसंगै तालिम केन्द्र सेमिफाईनलमा प्रवेश

प्रकाशित मिति:

तिलोत्तमाको कोटीहवामा जारी लिस्नु कप फुटवलको आजको खेलमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल बिजयी भएको छ । आज अपरान्ह भएको क्वाटरफाइनल खेलमा भैरव एफसी नवलपरासीलाई शुन्यका बिरुद्ध १ गोल गर्दे पश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालिम सेमिफाइनलमा प्रवेश गरेको हो ।आजको खेलमा म्यान अफ दी म्याच पनि पश्चिमाञ्चल प्रहरी तालिम केन्द्रका धनीराम चौधरी भएका छन ।लिस्नु कपको जारी १८औ सस्करण साउन २१ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको एकसहित स्याङजा,चितवन,नवलपरासी,दाङ र रुपन्देहीका १६ टिमको सहभागिता रहेको छ ।