ब्रिटिस संसदमा अर्धनग्न प्रर्दशन

प्रकाशित मिति:

एजेन्सी -ब्रिटिस संसदको इतिहासमै पहिलो पटक संसदमा अर्धनग्न प्रदर्शन गरिएको छ । वातावरणीय संरक्षणको एक समुहलेले मंगलबार संसदको गेलरीभित्र करिब २० मिनेट सम्म अर्धनग्न प्रर्दशन गरेको हो ।मौसम परिर्वतन एवं वातावरण संरक्षणको ११ जनाको समुहले प्रदर्शन गरेको हो ।

ब्रेक्जिटमा मौसम परिर्वतन सम्वन्धि कुनै मुद्दा नउठाएको भन्दै यसरी प्रर्दशन गरेका हुन् । उनीहरुले जलवायु परिवर्तनको लागि सांसदहरूको ध्यान आकर्षण गर्न यसरी प्रर्दशन गर्नु परेको बताएका छन् ।प्रर्दशनकर्ताहरुको छातिमा सबै जिवनको लागि भन्ने जस्तो लेखिएको देखिन्छ । यस्तो प्रर्दहन ब्रिटिस संसदमा पहिलो पटक भएको हो ।सार्वजनिक स्थलको गरिमा भंग गरेको आरोपमा प्रर्दशन कारिहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुनियाको कयौँ लोकतन्त्रको लागि उदाहरण बनेको ब्रिटेन संसदलाई संसदहरुको आमा ‘मदर अफ पारलिमेन्टस’ समेत भनिन्छ ।एक विवादका कारण जुलाई १९७८ मा माल्टाका पूर्व प्रधानमन्त्री डोम मिन्टोफ छोरीले संसद कक्षमा घोडाको दीसाले भरिएको झोला फालेकि थिइन् ।