आज निशि बार्ने दिन, दर्शश्राद्ध, हेर्नुहोस् आजको दिन, २०७५ चैत्र २१ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २१ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको चतुर्दशी तिथि दिवा १२।४२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति ४।३६ बजेसम्म रहनेछ । आज ब्रह्म योग र चतुष्पद करण रहेको छ । यसैगरी आज सूर्योदय ५।५४ मा छ भने सूर्यास्त बेलुका ६।२१ बजे हुनेछ ।

चन्द्रमा आज बिहान मीन राशिमा छन् । आजो रात्रिकालीन समयमा औँशी पर्ने भएकाले रात्रिको समयमा भोजन बार्ने चलन छ । जसलाई निशिबार्ने भनिन्छ । यसैगरी औँशीको श्राद्ध पनि आज नै परको छ । दर्श भनेको औँशी हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५