हिजोमात्रै भाइरल भएको तस्वीरबारे अञ्जु पन्तले मुख खोलिन्

प्रकाशित मिति:

काठमाडौं – हिजो बुधबार मात्रै गायिका अन्जु पन्तको राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदै गरेको भनी भाइरल गराइएको तस्वीरबारे उनले मुख खोलेकी छन् ।

अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेख्दै आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् । उनले लेखेकी छन्, ‘बेलाबेलामा ममाथि यस्ता आरोपहरु लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु ।’

अन्जु पन्त फाउन्डेसन स्थापना गरेर आफूले समाजसेवाको गतिविधि गरिरहेकोउनी बताउँछिन् । उनले गत डिसेम्बरमा बारामा भएको स्कुलमा बालबालिकाहरुलाई स्कुल ब्याग तथा कापीकलम वितरण गर्न जाने बेलाको फोटो अहिले भाइरल बनेको हो । उक्त फोटो अर्कै पुरानो र अर्कै प्रसंगको भएको तथ्य बाहिर आएपछि अञ्जुका आलोचकहरुको मुख बन्द भएको छ ।अञ्जुले आँधु हुरी प्रभावित क्षेत्रमा त्रिपाल, झूल, म्याटलगायतका करिब २ लाखको सहयोग तत्काल पठाउने जानकारी गराएकी छन् । साथै बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने काम पनि तयारी गरिरहेको बताएकी छन् ।