एशियन लाईफ इन्स्योरेन्स बुटवल शाखाद्धारा विमा रकम हस्तानतरण

प्रकाशित मिति:

एशियन लाईफ इन्स्योरेन्स बुटवल शाखाले रुपन्देहीमा सवारी दुर्घटनामा परि निधन हुनु भएका स्व पोम नारायण खनाल की श्रीमती कमला खनललाई बिमा वापतको रकम हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमकावीच कम्पनीका शाखा प्रबन्धक कृष्ण कुमार पुरिले मृतकका आफन्त,स्थानिय, जनप्रतिनिधी, कर्मचारीहरुको रोहवरमा श्रमती कमलालाई दुई लाख पैतिस हजार दुइ सय पचासको चेक हस्तान्तरण गर्नु भएको हो । प्रबन्धक पुरीले चेक हस्तान्तरण गर्दै जिवन बिमा भावितव्यको साथ साथै अन्य समयमा समेतमा राम्रो विकल्प भएको बताउनु भयो । त्यस्तै कम्पनीका विजनेश मेनेजर ओम प्रसाद गैरेले जीवन बिमा हरेक नेपालीको पहुचमा पुग्न नसकेको  बताउनुभयो ।कार्यक्रममा बुटवल शाखाका अपरेसन इन्चार्ज बिकास अधिकरि, बसन्त भुसाल लगायत अभिकर्ताहरुको उपस्थिती थियो ।