भैरहवाको बुद्धचोकमा २ ओटा कार र टिप्पर ठोक्कियो 

प्रकाशित मिति:

भैरहवा, चैत । भैरहवाको व्यस्त सहर बुद्धचोकमा आज दुई ओटा कार र १ ओटा टिप्पर एक आपसमा ठोक्किएका छन् । बा १३ च ६८७४, बा १९ च २२१ नम्बरका कार र लु २ ख २४७० नम्बरको टिप्पर एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी जवान जनक भारतीले जानकारी दिएका छन् । तीन तिरबाट आएका गाडी एक आपसमा ठोक्किएर गाडिमा क्षति भएता पनि गाडिमा सवार व्यक्ति सकुशल रहेको प्रहरी जवान भारतीले बताए ।