रुपन्देहीमा सैनामैना प्रिमियर लिगको तयारी पुरा

प्रकाशित मिति:

ललित पाण्डे रुपन्देही -रुपन्देही जिल्लामा सैनामैना प्रिमियर लिग २०७५ आयोजना हुने भएको छ । सैनामैना नगरपालिका ७ लम्टैयामा रहेको खेल मैदानमा सञ्चालन हुने सैनामैना प्रिमियर लिग प्रतियोगिताको तयारी पुरा भएको आयोजक स्टार स्र्पोट्स क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

चैत्र २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा नगरपालिका भित्रका ६ टिमको सहभागिता जनाएको क्लबका अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए ।शनिबार उद्घाटन हुने प्रतियोगिताको तयारी पुरा भएको उनले बताए । दैनिक दुई प्रतियोगिता सञ्चालन हुने र पोइन्ट ,रनरेटका आधारमा चार टिम दोश्रो चरणमा प्रवेश गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा दुधराक्ष वारियर्स, सुनगाभा च्याम्स्, द रिभाईबलियन , आर.टी ग्रुप झारबैर, सोरौली स्टार , सैनामैना नाइटराइर्डस टिमले सहभागिता जनाएको प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिए । शनिबार सुनगाभा च्याम्स् र दुधराक्ष वारियर्सका बिचमा उद्घाटन खेल हुने उनले बताए ।प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार , दोश्रोले २१ हजार सहित शिल्ड , मेडल प्रमाणपत्र पाउँने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै म्यान अफ दि सिरिजलाई ३ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बोलर, इभंर्जिङ्ग प्लेयर, बेष्ट फिल्डर, फास्टेस्ट ५० रनलाई नगद रु २ हजार सहित फास्टेस्ट १०० रनलाई ३ हजार र टिम फेयर प्ले अवार्डलाई रु ५ हजार पुरस्कार रहेको आयोजकले बताएको छ । प्रत्येक खेलमा यस्तै म्यान अफ द म्याचलाई नगद १ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको सैनामैना नगरपालिका संरक्षक रहेको छ । सैनामैना प्रिमियर लिग प्रतियोगिता सञ्चालन हुने भएपछि यँहाका क्रिकेट प्रेमीहरु पनि खुशी भएका छन । सुनगाभा पब्लिक माविका प्रिन्सिपल तिलब केसीले यस क्षेत्रमा प्रिमियर लिग प्रतियोगिता सञ्चालन गर्नु खुशीको कुरा भएको बताउँदै स्थानीय खेलाडीलाई प्रात्साहन मिलेको बताए ।