ब्राह्मण समाज नेपालमा प्रा. डा. नारायणप्रसाद अधिकारीको अध्यक्षतामा १२१ सदस्य नयाँ कार्यसमिति चयन

प्रकाशित मिति:

तिलोत्तमा -ब्राह्मण समाज नेपालको केन्द्रीय अधिबेशनले कास्कीका प्रा. डा. नारायणप्रसाद अधिकारीको अध्यक्षतामा १२१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।गत चैत्र १५ र १६ गते रुपन्देहीको पश्चिम पहुनीस्थित मोक्षधाममा सम्पन्न अधिवेशनले केन्द्रीय सहअध्यक्षमा रूपन्देहीकै तिलोत्तमाका रोमणीप्रसाद पाठकलाई चयन गरेको छ ।

त्यसैगरी, पर्वतका ओम शर्मा चापागाईँ महासचिवमा निर्वाचित हुनुहुन्छ ।अधिवेशनले जातिय आरक्षण खारेज गर्नु पर्ने, आदिबाशीमा सुचिकृत गरिनु पर्ने, धर्म निरपेक्षता खारेज गर्नु पर्ने, धर्मान्तरण रोकिनु पर्ने लगाएतका १० बँदे घोषणा पत्र जारी गरेको छ ।त्यसैगरी, समाजमा आवद्ध रहेर आफ्नो बिशिस्ट पहिचान कायम राख्न सम्पुर्ण ब्राह्मण समुदायलाई आह्वान गरिएको छ ।

६१ जिल्लाका प्रतिनिधिहरू सहभागी अधिवेशनले समितिका २ जना वरिष्ठ उपाध्यक्षमा झापाका वासुदेव भट्टराई र बुटवलका माया पाठक निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा झापाका डिल्लीराम उप्रेती, पर्साका देवनाथ उपाध्याय, चितवनका ध्रुवराज अर्याल, जुम्लाका रमानन्द न्यौपाने, कास्कीका महेश पराजुली, कञ्चनपुरका देवनाथ भट्ट निर्वाचित हुनुभएको छ । त्यसैगरी, कास्कीका पृथ्वी पौडेल कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।