बार निर्वाचन : प्रगतिशीलका चण्डेश्वर श्रेष्ठकाे अग्रता कायमै

प्रकाशित मिति:

काठमाडौं – कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनकाे मत परिणाम अन्तिम अवस्थामा पुगकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । पछिल्लाे मत परिणामअनुसार प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले मतान्तर बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार पाेखरेलकाे भन्दा एक सय २७ मतले अग्रता लिएका हुन् ।

गणना भएको मतअनुसार श्रेष्ठले तीन हजार १५४ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिकका पोखरेलले तीन हजार २७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यसैगरी महासचिवमा भने लोकतान्त्रिक समूहका लिलामणि पौडेलले तीन हजार २०४ मत ल्याएर अग्रता कायम गरेका छन् । प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ९४० मत ल्याएकाे निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।