ओली सरकार आफ्नै कारणले ढल्छ ः नेता नेपाली

प्रकाशित मिति:

रमेश बस्ताकोटी

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले बर्तमान सरकार आफ्नैं कारणले ढल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको यो सरकारले एक पछि अर्को जनबिरोधी काम गर्दे गईरहेकाले सरकार आफ्नैं कुकृत्यका कारण ढल्ने उहाको दावी छ ।
बर्तमान सरकारले जनबिरोधी काम गर्दे गईरहेको भन्दैं त्यसका बिरुद्ध आजदेखि देशव्यापी प्रदर्शन शुरु गरेको नेपाली काग्रेसको कावासोतीमा आयोजित कोणसभालाई संबोधन गर्दे नेता नेपालीले सरकार आपराधिक क्रियाकलाप तर्फ उद्यत भएको बताउनुभएको हो । “ यिनिहरुको अपराध बढ्दैं गएको छ , यिनिहरु आफ्नैं कारणले ढल्छन् ” नेता नेपालीले भन्नुभयो–“ एकाउन्न सालमा बनेको कम्युनिष्ट सरकार पनि अपराधको सिमा नाघेपछि ढलेको हो । ”
नेता नेपालीले कम्युनिष्टहरुले जनतालाई झुक्काएर बहुमत हासिल गरेको दावी गर्नुभयो । उहाले बृद्धबृद्धालाई पाच हजार भत्ता दिन्छौं भनेर ढाटेर भोट तान्न कम्युनिष्टहरु सफल भएको आरोप लगाउनुभयो । उहाले भन्नुभयो–“चुनावका बेला हुनैं नसक्ने अनेकौं सपना बढेर भोट तान्न सफल भए । अहिले आफ्नो प्रतिवद्धता विपरित काम गरिरहेका छन् । ” उहाले थप्नुभयो–“दिन दिनैं जनबिरोधी काम गरेर सम्बृद्धी आउदैंन , जनताको ढाड सेक्ने गरि भएको मुल्यबृद्धीको नियन्त्रण गर्नु पर्छ । ”
कार्यक्रमलाई संबोधन गर्दे नेपाली काग्रेस नवलपरासीका सभापति एवम् गण्डकी प्रदेशसभाका सदस्य बिष्णु लामिछानेले सरकार अधिनायकवाद तर्फ उन्मुख भएकाले नेपाली काग्रेसले खबरदारी गर्न परेको बताउनुभयो ।
काग्रेस प्रतिपक्षमा बस्न मन्जुर भएको तर जनतालाई झुक्याउन नचाहेकाले चुनावममा पछि परेको उहाको भनाई थियो । लामिछानेले अबको निर्वाचनमा कम्युनिष्ट शक्ती नराम्रो संग पराजित हुने दावी गर्नुभयो । “ अबको चुनाव पछि ५० बर्ष उठ्न नसक्ने गरि कम्युनिष्टहरु बढारिदैंछन् । ” लामिछानेले भन्नुभयो –“सरकारले हत्यारा र बलात्कारीलाई उन्मुक्ती दिएर अपराध गरिरहेको छ । ” उहाले बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्रा हरुमाथी अपमानजनक अभिव्यक्ती दिने दुर्गा प्रसाईलाई उन्मुक्ती दिएर सरकारले अर्को अपराध गरेको बताउनुभयो । सरकारले नक्कली राष्ट्रवादको प्रचार गरेर जनता झुक्काईरहेको उहाको आरोप छ ।
नेपाली काग्रेस नवलपुरको आयोजनामा भएको बिरोध र्याली कावासोतीको विपिचोक , सभापतिचोक , ईन्द्रचोक, थाना चोक हुदैं फलफुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कार्यक्रममा पुर्व सांसद महेन्द्रध्वज जि.सि. , प्रदेशसभा सदस्य ओमकला गौंतम लगायत काग्रेसका भातृसस्थाका प्रमुख र कार्यकर्ताहरुको उपस्थिित रहेको थियो । कार्यक्रममा काग्रेसका भातृसस्थाहरुको तर्फबाट तरुण दल नवलपुरका अध्यक्ष सुर्य गुरुङ्गले बोल्नुभएको थियो । कार्यक्रमको संचालन काग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले गर्नुभएको थियो ।