एसपिएलको लागि द रिभाईबलियन क्लबको जर्सी सार्वजनिक

प्रकाशित मिति:

नविन घिमिरे,सैनामैना शनिबारदेखि रुपन्देहीमा सुरु हुन लागेको सैनामैना प्रिमियर लिग प्रतियोगिताको सहभागि टिम द रिभाईबलियन क्लबले विहिबार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी क्लबको जर्सी सार्वजनिक गरेको छ ।

रिभाईबयिलनका टिम ओनर पवन शर्माले शनिबारदेखि सुरु हुन लागेको सैनामैना प्रिंमियर लिगमा आफ्नो टिम अब्बल भएको भन्दै उपाधि आफ्नो पोल्टामा पार्ने दाबी गरे । सैनामैना क्रिकेट खेलको उर्वर भूमि रहेको उनले बताउँदै नँया प्रतिभावान खेलाडीहरुलाई जागृत गर्ने काम एसपिएलले गरेको बताए । पत्रकार सम्मेलनमा खेलाडीको नाम सार्वजनिक गर्दै शर्माले गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट एकेडेमि दर्ता गरी यस क्ष्ोत्रबाट अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा लागेको बताए ।

विष्णु भुषाल टिम क्याप्टेन रहेको रिभाईबलियनमा प्रदिप शुवेदी, सुनिल छन्त्याल, रोहित अर्याल, किरण तिवारी , रमेश पाण्डेय, राजन शाही, विमल पन्थी, प्रविन थापा, दिपेश अधिकारी , विजय सेटी, व्रिजेश विके, दिपशन नेपाली , मदन यादब, विधान न्यौपाने, सिमिर पन्थी ,सन्दीप ज्ञवाली खेलाडी रहेका छन । स्टार स्पोट्स क्लबका अध्यक्ष खिमराज पोखरेल , खेलका सिईयो कृष्ण भण्डारी , क्लबका प्रबन्धक विष्णु पाण्डेय, शुसिला पन्थ, लेखनाथ गैरे , प्रेम थापा , सुनिल पोखरलेलको उपस्थिती रहेको थियो । सैनामैना ७ लम्टियाको मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु हुँदै छ ।