खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बर्दघाट बर्दघाट खोनपानी तथा सरसफाई उपभोक्ता सस्था अन्र्तगत सञ्चालित खानेपानी सुरक्षा योजना समितीको आयोजनामा विहिबार बर्दघाट ४ डडाटोलमा खानेपानी सम्बन्धी सुरक्षा, सरसफाई र जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सस्थाका उपाध्यक्ष एवं समितिका समयोजक धातानन्द बस्यालको अध्यक्षता एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुलाई खानेपानीको महत्व, चुहावट नियन्त्रण र जलवायु परिवर्तनले खानेपानीमा पर्ने असर र सरसफाई लगाएतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा डाडा टोल विकास सस्था र सस्थाका पदाधिकारी, कर्मचारी, सुरक्षा समितिका पदाधिकारी, उपभोक्ता लगाएत करिब ६० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा खानेपानी सुरक्षा योजना समितिका सदस्य एवं स्वास्थ्यकर्मी ईन्द्र लामिछाने र सस्थाका ब्यवस्थापक विष्नुकुमार भुषालले मुहान देखी मुख सम्म कसरी खानेपानी सुरक्षित गर्ने र वातावरणिय सरसफाईका बारेमा सहजिकरण गर्नुभएको थियो । सस्थाको बषिृक कार्यक्रम अनुसार र स्वास्थ्य चेतना जागृत गर्ने उदेश्यका साथ खानेपानी वितरित स्थानहरुमा कार्यक्रम गरिदै लगिने जनाइएको छ । सो कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष शिद्धिविलास हमालले यस्ता कार्यक्रमहरुले जनचेतना जागृत हुने हुदा कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभयो । सो कार्यक्रममा सहभागिले उपभोक्ताका समस्या र सस्थालाई सुझाव समेत दिइएका थिए । कार्यक्रममा सुरक्षा समिति सदस्य बलमाया थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका ब्यवस्थापक विष्नु भुषालले गर्नुभएको थियो ।