अचम्मको मन्दिर, जसको भुइँमा सुत्दा महिला ‘गर्भवती’ हुन्छन् !

२१ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
414 Shares


मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ । भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ ।

त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् ।सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ । यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिनि्छन् भन्ने विश्वास गरिन्छ – Lokaantar News

फेसबुकबाट तपाईको प्रतिक्रिया