सरकारले बारा–पर्सा आँधी प्रभावितको घर बनाइदिने जिम्मा नेपाली सेनालाई दियो

२१ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
136 Shares


काठमाडौं– सरकारले बारा र पर्सामा आएको भीषण आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ । घर निर्माणमा लाग्ने सम्पूर्ण खर्च पनि सरकारले नै बेहोर्ने छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।
प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि बैठकले गरेको छ ।
घर वर्षायाम अघि नै बनाइसक्ने सरकारको तयारी छ ।  घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको बाँस्कोटाले जानकारी दिए । आइतबार राती आएको आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया