अमेरिकामा नेपालीभाषा ,नेपाली बालबालिका लाई नेपाली भाषा शिक्षा संचालन

प्रकाशित मिति:

अमेरिका बुटवलका एक शिक्षाप्रेमीको अगुवाईमा अमेरिका स्थित न्युयोर्कको कोरोनामा रहेको लेफ्राक सिटी क्वीन्स लाइब्रेरीमा नेपालीमुलका अमेरिकी बाल बालीका लाई नेपालीभाषा र नैतिक शिक्षाको कक्षा संचालन गरिएको छ ।

क्वीन्स नेपलि जलायन्स क्लब अमेरिकाका अध्यक्ष एवं बुटवलका शैक्षिक ब्यक्तित्व पुरुषोत्तम पन्थीको पहलमा नेपाली बालबालिका कालागि भाषा, साहित्य तथा नैतिक शिक्षा कक्षा संचालन गरिएको हो । साप्ताहिक रुपमा संचालन गरिने उक्त कक्षामा कखरा नजान्ने नेपाली मुलका अमेरिकी बच्चाहरुलाई कखराबाटै नेपाली भाषा सिकाइने गरिएको छ । नेपाली भाषामा नमस्ते, स्वागतम, धन्यबाद, अभिवादन लगायतकाआमजीवन मा लागु हुने नैतिक शिक्षासँग सम्बन्धित कुराहरु पनि सिकाइने तथा नेपालको ईतिहास र बर्तमान बस्तुस्थितीका बारेमा जानकारी दिइने गरिएको अध्यक्षपन्थीले जानकारी दिनुभयो । हरेक शनिबार ३ बजेदेखि सुरुहुने सो भाषा, साहित्यतथा नैतिक शिक्षा कार्यक्रममातिबिषयमा नेपाली मुलका शिक्षक शिक्षिकाहरु सम्पूर्ण थापा, रुपा भण्डारी, चेतनारायण पाण्डे र आस्था भण्डारीले बालबालीकाहरुलाई सिकाउने गर्नु भएको छ ।

४ बर्षदेखि १९ बर्षसम्मकालाई सिकाइने उक्त कक्षामाआफ्ना बालबालिकाहरुलाई सामेल गराउन चाहने अभिभावकहरुले क्वीन्स नेपलि जलाइन्स क्लब वात्यसकाअध्यक्ष पुरुषोत्तम पन्थीलाई सम्पर्क गर्न सकिनेबताइएको छ ।अमेरिकामा रहने नेपाली मुलका अभिभावकहरुको आग्रहमा संचालन गरिएको सो नेपालीभाषा, साहित्य र नैतिक शिक्षा कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रम मा क्लवकाअध्यक्ष पुरुषोत्तमपन्थी, क्वीन्स नेपलि जलाइन्स क्लबकापूर्व अध्यक्ष मंगल दाशश्रेष्ठ, लायन सुनिता श्रेष्ठ, द्धितिय उपाध्यक्ष बाबुराम गुरुङ, लायन राजेन्द्र खड्का, साहित्यकार कमला प्रसाई, अभिभावकको तर्फबाट सबु सापकोटा लागायतले अमेरिका नेपालीभाषाको महत्व र बिशेषता बारे चर्चा गर्नु भएको थियो ।क्लवकाअध्यक्षपन्थीका अनुसार अहिले ३० जना बालबालिका ले कक्षामा सहभागिता जनाइसकेका छन् ।अन्यले नाम दर्ता गराउने क्रम पनि जारी रहेको उहाँले बताउनु भयो ।