एनआइसी एसियाको चमत्कारिक योजना

प्रकाशित मिति:

बुटवल । एनआईसी एशिया बैंकले चमत्कारिक योजना सार्वजनिक गरेको छ । बैँक स्थापनाको २२ औँ वर्ष प्रवेशको अवसरमा बैंकले उच्च ब्याजदरका निक्षेप योजनाहरु समेत सार्वजनिक गरेको छ ।

सवै प्रकारका ग्राहकहरुलाई उपयुक्त हुने गरी चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरी ल्याईएको चमत्कारिक तलब बचत योजना ल्याइएको बैंकले जनाएको छ ।एनआईसी एशिया बैंक प्रदेश ५ कार्यालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी सबैभन्दा बढि शाखाहरु भएको एनआईसी एशिया बौँकले रियल चमत्कारिक योजना ल्याएको बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलक शुन्दर कार्कीले बताए ।हाल ५१ वटा शाखाहरु १२ वटा जिल्लामा सञ्चालन गर्न सफल भएको जानकारी दिदौ उनले अधिकांस स्थानिय तहमा पनि एनआईसी एशियाका शाखाहरु रहेको बताए ।एनआईसी एशियाले प्रदेश ५ मा कुल १९ अर्बको लगानी गरेको जनाएको छ भने कुल १३ अर्ब रकम निक्षेप संकलन गर्न सफल भएको छ । १ लाख ९० हजार ग्राहकहरु प्रदेश नम्बर ५ मा रहेको बैंक का प्रदेश ५ प्रमुख कार्कीले जानकारी दिए एनआईसी एशिया बैंकले १५ खालका नयाँ बचत निक्षेप योजना ल्याएको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको छ ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदासहित ल्याइएको योजनालेसबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।यी चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको आना २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा अन्य अतिरिक्त योजना पनि छन् । जसमा नेपालमै पहिलो पटक स्वाईप इनस्वाईप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन । देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने गरी चमत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ ।चमत्कारिक बचत योजना अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना सार्वजनिक गरेको छ ।त्यसैगरी, चमत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजनाहरु पनि बैकले ल्याएको छ ।बैंकका मुलुकभर कुल २ सय ८१ वटा शाखा, २ सय ८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउन्ट र २३ वटा शाखा रहित बैंकीङ्ग एकाई रहेका छन् ।