बुटवलमा हृदयघातको उपचार विधि सिकाइने

प्रकाशित मिति:

बुटवल-बुटवलमा हृदयघात भएमा कसरी उपचार गर्ने भन्ने बारे सिकाइने भएको छ । मुटुको समस्या र मानिसलाई हृदयघात भएमा विरामीलाई तत्काल उपचार गर्ने विधि सिकाउन बुटवलमा कार्यक्रम गर्न लागिएको हो ।

बुटवलको लुम्विनी बाणिज्य क्याम्पसमा सुक्रवार हुने कार्यक्रममा भारतवाट साइकल यात्रा गरी आएका दुइ जना काडियोलोजिष्टहरु समेत सहभागि हुनेछन् ।फोर्स मोटर्स पश्चिम क्षेत्र नेपालको आधिकारीक विक्रेता सिदार्थ विश्वज्योती मल्टिप्रपोज कम्पनीको आयोजनामा हुने कार्यक्रममा समुन्द्रदेखि आकाशसम्म अर्थात ‘सी टु स्काई’ नाम दिएको साईकल यात्रा अभियानमा निश्किएका भारतीय चिकित्सक डाक्टर महेन्द्र माहाजन र डाक्टर हितेन्द्र माहाजनले नेपालका प्रमुख सहरमा प्रत्येक नागरिकलाई ज्यान बचाउन सिकाउने कला सिकाउने छन् । सोही अभियान अन्तरगत बुटवलमा कार्यक्रम हुन लागेको हो ।

यसैक्रममा बुटवलमा हुने कार्यक्रममा दुई डाक्टरले मानिसलाई हृदयघाट भएमा तत्काल कसरी बचाउने सकिन्छ भन्ने विषयमा सहजिकरण गर्ने सिदार्थ विश्वज्योती मल्टिप्रपोज कम्पनीका अध्यक्ष दिनेशकुमार आमात्यले जानकारी दिए । आधार शिविरसम्म पुग्दा पर्ने मुख्य शहरहरुमा हुने प्रत्येक नागरिकलाई ज्यान बचाउन सिकाउने कला कार्यक्रममा सहजिकरण गर्ने अध्यक्ष आमात्यले बताए ।उनले फोर्स मोटर्सले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अनुसार उक्त कार्यक्रम गरेको जानकारी दिए ।बुटवलमा हुने कार्यक्रममा करिव एक हजार जनाको सहभागिता रहने बताइएको छ