ड्रिम देवदह युनिटी फर चेन्ज दर्ता

प्रकाशित मिति:

देबदह,रुपन्देही विगत केही बर्ष देखि देवदहमा अभियान चलाएको युवा बिद्यार्थिहरुको बाहुल्यता रहेको अभियान संस्थाको रुपमा दर्ता भएको छ ।०७२ सालमा प्राविधिक बिषयमा अध्ययनरत बिद्यार्थिहरुको देवदहका लागि केही गरौं बिषयक छलफल कार्यक्रमको अवधारणा स्वरुप एक अभियान चलाईएको थियो ।

सामाजिक अभियानमा बिशेष रुचि राख्ने युवा राजनीतिज्ञ सिद्धिचरण भटराईको संयोजकत्वमा गठन भएको उक्त अभियानले प्राविधिक बिषयका बिद्यार्थिहरुलाई संगठीत गरी कृषि अभियान अन्तरगत माटो परिक्षण, पर्यटन अभियान अन्तरगत फोटो प्रदर्शनी, स्वास्थ्य अभियान अन्तरगत जनस्वास्थ्य शिविर, सूचना प्रविधिहरुको भेला, आँखा शिविर, दन्त्य स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यसन बिरुद्ध बिद्यार्थि सचेतना कार्यक्रम लगायत अभियानहरु सञ्चालन गरेको थियो ।

यस अभियानकै संयोजकत्वमा भवानीपुरको चैते दशै मेलामा ०७३ देखि पर्यटन सुचना केन्द्र स्थापना गरेको थियो । यसैगरी यसले देवदहको व्यापार मेलामा कला तथा फोटो प्रदर्शनीलाई समेत निरन्तरता दिँदै आएको छ । शुरुवात देखिका अभियन्ताहरुको संख्या बढि भएपनि दर्ता प्रयोजनका लागि बनेको तदर्थ समिती ९ जनाको रहेको छ । सो समितीमा अध्यक्ष सिद्धिचरण भटराई, उपाध्यक्ष सुरेन्द्र न्यौपाने, सचिव दिपेश बस्याल, सहसचिवः लक्ष्मण न्यौपाने, कोषाध्यक्ष टंंक पोखरेल, सदस्यहरुमा दिपेश बिक्रम मल्ल, मोहन ठाकुर, बिनोद उदय र अन्जु भटराई रहेका छन । संस्थाले देवदहको पर्यटन प्रबद्र्धन, बाल युवा र जेष्ठनागरिक अधिकार, देवदहको आर्थिक, सामाजिक र साष्कृतिक विकास साझेदार र सहयोगीको रुपमा काम गर्ने अभियानले उद्देश्य बोकेको अभियान संयोजक तथा संस्थाका अध्यक्ष सिद्धिचरण भटराई बताए ।