कम्युनिष्ट सरकारले नहुने उट्पट्याङ कुरा मात्रै गर्दै आएको सांसद डिलली चौधरीको आरोप

प्रकाशित मिति:

सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दाङले मंगलवार घोराहीमा प्रर्दशन गरेको छ । सयौंको संख्यामा ¥यालीका सहभागिहरुले प्रधानमन्त्रीको विरुद्धमा चर्का नारावाजी गरेका थिए । घोराही बजारको परिकर्मा पछि तुलसीपुर चोकमा पुगेर ¥याली सभामा परिणत भएको थियो । उक्त सभालाई सम्वोधन गर्दै पूर्व सांसद बुद्धिराम भण्डारीले ओली नेतृत्वको सरकार कौवाको प्वाँकमा मयुरको प्वाँक जोडिएको जस्तै बन्न पुगेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद अर्जुन श्रेष्ठले दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि कतैबाट रकम नछुट्याएको तथा आफुले संसदमा पटक पटक आवाज उठाउँदा समेत प्रदेशको स्थायी राजधानी बारे कुनै चासो नदिएको भन्दै आक्रोस पोख्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद डिल्लीबहादुर चौधरीले सरकार अधिनायकबादी सैलिमा अगाडि बढको आरोप लगाउनु भएको छ । उहाँले जनजीविकाको सवालमा ओली नेतृत्वको कम्यूनिष्ट सरकारले कुनै काम गर्न नसकेको तर नहुने  उट्पट्याङ कुरा मात्रै गर्दै आएको आरोप लगाउनु भयो । निर्वाचन अगाडि जेष्ट नागरिकलाई दोब्बर भत्ता बढाउने कुरा , घरमै आएर उपचार गर्ने कुरा विपरित आज सरकार जनताको ढाड सेक्नेगरी करबृद्धि गरेको उहाँको आरोप थियो ।उक्त कार्यक्रमलाई पूर्व सांसदहरु राजु खनाल, सुशिला चौधरी, काँग्रेस नेता योगेन्द्र चौधरी, काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का लगाएका बक्ताहरुले सम्वोधन गरेका थिए ।उनीहरुले डा. गोविन्द केसीसंग भएको सहमति अक्षरस कार्यन्वयन गर्न, संविधान विपरित संघीय संसद र सात वटै प्रदेशसभामा सभामुख र उपसभामुख एउटै पार्टी बाट भएको भन्दै तत्काल त्यो सच्चाउन, चर्कौ मुल्यवृद्धि फिर्ता गर्न माग गरेका थिए ।¥यालीका सहभागिहरुले ‘केपी तिम्रो पाराले दुःख पाए साराले’ भन्ने नारा लगाएका थिए । विरोध ¥यालीका सहभागिहरुले मूल्य बृद्धी फिर्ता गर, अबैज्ञानिक कर प्रणाली खारेज गर,संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका हुन ।