१ रुपैयाँमा सिमकार्ड बेच्ने योजना सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – स्मार्ट टेलिकमले स्टुडेन्ट सिम अन्तर्गत विशेष योजना प्रस्तुत गरेको छ । योजनाअन्तर्गत कम्पनीले एसईई २०७५ मा सहभागी विद्यार्थीलाई मात्र १ रुपैयाँमा स्टुडेन्ट सिमकार्ड उपलब्ध गराउने छ । सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेश पत्रको फोटोकपीसहित आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने छ ।

स्मार्टले उपलब्ध गराएको, स्टुडेन्ट सिमकार्डमा १५ सय एमबी डाटा रहेको छ, जुन हरेक महिना ५ सय एमबीका दरले ३ महिनासम्म प्राप्त गर्न सकिने छ । यो सिमकार्ड एसईई परीक्षा दिएका विद्यार्थीका लागि मात्र रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।यससँगै एसईई परीक्षा दिएका विद्यार्थीलाई उच्च गतिको इन्टरनेटको अनुभव प्रदान गर्ने छ ।  योजना अप्रिल ४, २०१९ बाट शुरू भई ९० दिनसम्मका लागि नेपालभर लागू हुनेछ । स्टुडेन्ट सिमकार्ड नजिकै रहेका स्मार्ट सेन्टर र एडुुवल्र्ड ग्रुपअफ एडुकेशन प्रालिबाट मात्र उपलब्ध हुनेछ ।

स्मार्टको बारेमा – आमनेपालीमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ ।  स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको हो । दक्ष एवं कर्मठ कर्मचारीको साथले गर्दा दूरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।  स्मार्ट टेलिकम प्रालिले आफ्नो नेटवर्कलाई क्रमशः नेपालभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।