दुधराक्ष वारियर्स सैनामैना लिगको बिजयी दाबेदार

प्रकाशित मिति:

सैनामैना- रुपन्देहीको दुधराक्ष वारियर्स क्लबले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको दुधराक्ष वारियर्स क्लबले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी आकाशी र निलो कलर मिशिएको जर्सी र खेलाडीको नामवली सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मदन थापाले सैनामैना प्रिमियर लिग प्रतियोगितामा आफ्नो टिम बिजयीको दाबेदार भएको बताएका छन । सैनामैनाका स्थानीय खेलाडी आफ्नो टिममा सामेल रहेको र खेलाडीको मेहनतले लिगको विजता बन्ने उनले दाबी गरे । सैनामैना क्रिकेट खेलको उर्वर भूमि रहेको उनले बताउँदै नँया प्रतिभावान खेलाडीहरुलाई जागृत गराउँदै प्रतियोगितामा सामेल गरेको थापाले पत्रकार सम्मेलनमा बताए ।

दुधराक्ष वारियर्स क्लबले क्रिकेट एकेडेमी नै सञ्चालन गरेर राष्ट्रिय स्तरकको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । शुनिल पौडेल टिम क्याप्टेन रहेको दुधराक्ष वारियर्समा दिपेन्द्र अर्याल , विवेक पन्थ, रन्जित क्षेत्री , उदय पाण्डेय , सञ्जय विक , अविशक न्यौपाने , आशिष कुँवर , लक्षमण परियार , अमर खनाल , बसन्त विक , मनिश खत्री, अर्जुन पाण्डेय, अजय , विष्णु, शिव , विशाल खेलाडी टिममा रहेका छन । पत्रकार सम्मेलनमा लुम्बिनी ईन्फोका सञ्चालक सुभाष गौतम , गण्डकी बैंकका शाखा प्रमुख अशोक राना , ईमिनेट एजुकेशनका निर्देशक कपिल गौतम , सैनामैना प्रिमयिर लिगका कृष्ण भण्डारी, स्टार स्र्पोट्स क्लब अध्यक्ष खेमराज पोखरेलल लगायतले बोल्दै सैनामैना प्रिमियरले नँया खेलाडीलाई प्रोत्साहित गर्ने बताएका छन । सैनामैना नगरपालिका ७ लम्टैयामा रहेको खेल मैदानमा सञ्चालन हुने सैनामैना प्रिमियर लिग प्रतियोगिता चैत्र २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ । लिगमा नगरपालिका भित्रका ६ टिमको सहभागिता जनाएका छन ।