नेकपाको टोल कमिटी गठन

प्रकाशित मिति:

तिलोत्तमा-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले शुक्रबार दुईवटा टोल कमिटी गठन गरेको छ । तिलोत्तमा वडा नम्बर २ र ९ मा मा टोल कमिटी गठन गरिएको छ । वडा नम्बर मा अध्यक्ष कमला अर्याल र सचिव सुरज गौतम रहेको १९ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

त्यसैगरी वडा नम्बर ९ मा शारदा अर्याल अध्यक्ष र शोभानाथ भुसाल सचिव रहेको १९ सदस्यीय प्लाट टोल कमिटी गठन गरिएको छ । नेकपाका टोल कमिटी सदस्य लिला भुसालको संयोजनमा टोल कमिटी गठन गरिएको हो । कार्यक्रममा नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, सचिव लक्ष्मण खनाल लगायतले तिलोत्तमा नगरपालिकाका पार्टी एकीकरणको प्रक्रिया टुंगिन लागेको बताएका थिए ।