एक दिने निशुल्क स्वास्थ्य शिविर त्रिबेणी स्वास्थ्य केन्द्र शिवपुरगढीमा सम्पन्न

प्रकाशित मिति:

त्रिबेणी-विनयी त्रिबेणी गाउपालिकाको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर त्रिबेणी स्वास्थ्य केन्द्र शिवपुरगढीमा शुक्रबार सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनुभएका स्वास्थ्य चौकी ब्यवस्थापन समतिका अध्यक्ष गोपाल बहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयीत्रिबेणी गाउपालिकाका अध्यक्ष डम्मर बहादुर जिसीले विकासको पुर्वाधार मध्य प्रमुख मानिने स्वास्थ्य पुर्वाधारलार्य सर्वशुलभ बनाउनसकिए स्वस्थ्य जनशक्तीको उत्पादन हुने बताउदै जिसिले गाउपालिकाबाट स्वास्थ्य,शिक्षा, यातायात, खानेपानीलाई प्राथमिकताका साथ अगाडी बढाइएको धारणा राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंग, महिला स्वयं सेवीका भक्ती अधिकारी लगाएतले स्वास्थ्य शिविरको महत्व माथि प्रकास पार्नुभएको थियो । ईन्दिरा गौतमको स्वागत बाट प्रारम्भ भएको कार्यक्रमलाई स्वास्थ्य चौकी प्रमुख राम जुलुम यादवले सञ्चालन गर्नुभएको थियो ।

शिविरमा १ सय ८० रोगीहरुालई स्वास्थ्य परिक्षण निशुल्क औषधी वितरण गरिएको जानकारी गराइएको थियो । शिवीरमा विकाश शर्मा डाक्टर गोल्डी जैसवालले स्वास्य परिक्षण गर्नुभएको आयोजकले बताएको छ । सोही अवसरमा ५० को संख्याका अपांगता ब्यक्तिहरुलाई नया अपांगता परिचय पत्र पनि वितरण गरिउको विनयी त्रिबेणी गाउपालिकका प्रशासकिय अधिकृत सुरेन्द्र प्रसादले बताउनुभएको छ ।