मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बर्दघाट -टाइम बचत तथा ऋण सहकारी सस्था बर्दघाट ४ बर्दघाटको शिक्षा उपसमितिको आयोजनामा शुक्रबार मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थाकी उपाध्यक्ष एवं शिक्षा उपसमिति समयोजक फुल कुमारी गिरि सिमाको अध्यक्षता,जिला हसकारी संघ कार्य समिति सदस्य सिता प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव ब्यवस्थापन तथा चिन्ता न्युनिकरण लगाएतका बारेमा सहजकर्ता खिमा रिजालले सहजिकरण गर्नुभएको थियो ।

सो कार्यक्रममा सस्थामा आबद्ध कार्य समितिका पदाधिाकारी, विभिन्न उपसमितिका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा कार्यक्रमको उदेश्य माथि सस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यायले प्रकास पार्नुभएको थियो भने कार्यक्रमकोसञ्चालन शिक्षा उपसमितिका सदस्य राम बहादुर थापाले गर्नुभएको थियो ।