सार्वजनिक अभिव्यक्ति दिदाँ सेनाका २ पूर्वसहायक रथी कारबाहीमा

प्रकाशित मिति:

काठमाडौं – सेना परिचालन सम्बन्धी प्रस्तावित विधेयक प्रावधान गलत रहेको भनी सार्वजनिक अभिव्यक्ति दिएका सेनाका २ पूर्वसहायक रथीलाई कारबाही गरिएको छ । रक्षामन्त्रालयका निर्देशनमा सैनिक मुख्यालयले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई पत्र पठाइ सचेत गराइएको छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरूलाई पत्राचार गरिएको हो ।

बानियाँले एक अन्तरवार्तामा भनेका छन्, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’ भने बस्न्यातले विप्लप समूहको समर्थनमा बोलेका छन् । उनले विप्लपको समर्थन जनाउँदै के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ र भनी प्रश्न गरेका छन् ।