बिभिन्न कार्यक्रममा सहभागी हुन् बाबुराम भट्टराई रुपन्देही आउने

प्रकाशित मिति:

बुटवल -नया शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आउने भएका छन् । डा।भट्टराई यही चैत २३ गते शनिबार रुपन्देही आउने भएका छन् । पार्टीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयबारे जानकारी गराएको हो ।

नयाँ शक्ति पार्टी सिद्धार्थनगरको आयोजनामा भैरहवामा चैत २३ वर्तमान समयमा असल राजनीति विषयक अन्तरक्रिया कार्यक्रम, चैत २३ गते बुटवलमा मगर राष्ट्रिय परिषद्को संघीय भेला, चैत २४ गते बुटवलमा विशिष्ट व्यक्तित्वहरुसंग भेटघाट कार्यक्रम, २४ गते बुटवलमै पार्टीका नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन डा।भट्टराई रुपन्देही आउने पार्टी रुपन्देहीका जिल्ला संयोजक किस्मत वि।क।ले बताए ।त्यस्तै चैत २३ गते दिउँसो ४ बजे बुटवलमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिने वि।क।ले जानकारी दिए ।

भैरहवामा शनिबार बिहान ९ बजे पछि हुने अन्तरक्रिया कार्यक्रममा असल राजनीतिको पहिचान बनाउने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरिने नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संरक्षक परिषद सदस्य तथा सिद्धार्थनगर अध्यक्ष शोभाकान्त नेपालले बताए । पार्टीका रुपन्देही प्रचारप्रसार प्रमुख भुवन पौडेलले जिल्लामा पार्टीको आयोजनामा हुने कार्यक्रममा सहभागिताको लागि सबैमा आग्रह गरे । सरकारी कार्यालय, सरकारी भवनमा स्थापना गर भन्ने नयाँ शक्ति पार्टी सिद्धार्थनगर समितिले हस्ताक्षर अभियान गरी हस्ताक्षर संकलन गरेको बुझ्न मुख्यमन्त्रीले समय नदिएकोमा नयाँ शक्ति पार्टी रुपन्देहीले मुख्यमन्त्रीलाई अविलम्ब समय दिइ हस्ताक्ष बुझिदिन पनि माग गरेको छ ।साथै भैरहवाको बुद्धचोक देखि कपिलवस्तु तौलिहवा सडकखण्ड ढिलासुस्ती भएकोले छिटो भन्दा छिटो सडक निर्माण कार्य सम्पन्न गर्न पार्टीले माग गरेको पार्टीका रुपन्देही कार्यालय सदस्य ऋषि पाठकले बताए । त्यस्तै कञ्चन गाउँपालिकामा संयुक्त राजनीतिक दलले उठाएको भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीको समर्थन रहेको रुपन्देही कार्यालय प्रमुख सोम पौडेलले बताए ।