आजबाट परिधावी नामको संवत्सर शुरु, हेर्नुहोस् आजको दिन, २०७५ चैत्र २३ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २३ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि दिवा ३।६ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । रेवती नक्षत्र बिहान ७।१८ बजेसम्म रहनेछ । आज वैधृति योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।५२ मा छ भने सूर्यास्त बेलुका ६।२३ बजे हुनेछ ।

चन्द्रमा आज विहान ७।१८ बजेसम्म मीन र सो पश्चात् मेष राशिमा रहनेछन् । चान्द्र महिना अनुसार आजबाट नयाँ वर्ष आरम्भ भएको छ । चैत्र शुक्लप्रतिपदाबाट नयाँ वर्षको आरम्भ हुन्छ । यसैगरी आजबाट परिधावी संवत्सर शुर भएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५