पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ एक ट्रक राहत सामाग्री सहित बारा जिल्लामा

प्रकाशित मिति:

प्रकाश अधिकारी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विरुद्ध विभिन्न जिल्लाका पार्टी सभापति काठमाडौंको ठमेलको एक होटलमा मोर्चाबन्दी गरिरहदा मकवानपुरका पार्टी सभापति तथा पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ एक ट्रक राहत सामाग्री लिएर बारा पुगेका छन्।

पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट पीडित परिवारलाई चामल, त्रिपाल तथा विभिन्न खाद्यान्न लिएर पीडित परिवारलाई वितरण गरेका छन्।प्रदेश न।३ का संसदीय दलका नेता समेत रहेका बानियाँले शुक्रबार दिनभर राहत वितरण गरेका थिए।