मदन भण्डारी फाउन्डेसन नेपाल प्रदेश नम्बर ५ को भेला बुटवलमा सम्पन्न

२३ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
33 Shares


बुटवल -मदन भण्डारी फाउन्डेसन नेपाल प्रदेश नम्बर ५ को भेला बुटवलमा सम्पन्न भएको छ । प्रथम भेलालाई सम्बोधन गर्दै पुर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले मदनभण्डारीका विचार अहिले पनि उत्तीकै सान्र्दभिकता रहेको बताएका छन् ।

उनले पछिल्लो युवा पुस्ताले भण्डारीका विचारलाई आत्मसाथ गर्दै अगाडी बढ्नुको विकल्प नभएको भन्दै यसा सबैले गोलबन्द हुनुपर्ने बताएका हुन ।कार्यक्रममा नेपाल कम्युनिष्युट पाटीं नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले युवा शक्तिमा विशेष बल हुने भन्दै यसलाई विचारको माध्यमबाट शक्तिमा परिणत गर्नको लागि आग्रह गरेका थिए । मदन भण्डारीका विचार अहिले पनि उत्तीकै मार्गदशन गर्ने खालका रहेको भन्दै केन्द्रीय सदस्य थापाले सबैको साथ र सहयोग भएमा अझै बढि व्यवहारिक रुपमा अगाडी बढाउनको लागि आग्रह गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गोकुल घर्तीले पनि युवा शक्तिलाई व्यवहारमा उतारी उद्यमशिलता विकासमा लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जिफन्डका केन्द्रीय उपाध्यक्ष कमल गौतम, बल बहादुर आचार्य, शंकर पाण्डे लगायतले बोलेका थिए । प्रथम भेलाबाट सुर्य ढकालको अध्यक्षतामा नयाँ कमिटि गठन भएको छ । जसको सचिवमा गुमादेवी आचार्य रहेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया