मुलुकको समृद्धिको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने मन्त्री गिरीको भनाई

२३ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


बुटवल -प्रदेश नम्बर ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लीला गिरीले मुलुकको समृद्धिको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । उनले केही नगरी केवल कुरा मात्र गरेर देश समृद्ध हुन नसक्ने धारणा राखे ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको सातौं वार्षिक साधारणसभालाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मन्त्री गिरीले होटल व्यवसायीका पनि आफ्नै समस्या रहेको बताए ।

होटल व्यवसायको प्रबद्र्धनका निम्ति त्यस सम्बन्धि शिक्षा सरकारले प्रदान गर्नुपर्ने उनको भनाइ थियो । भैरहवा र रुपन्देहीलाई कमजोर नठान्न आग्रह गर्दै काठमाण्डौं देशको प्रशासनिक राजधानी भए जस्तै रुपन्देही मुलुकको आर्थिक राजधानी बन्ने उनले बताए ।होटल व्यवसाय पूर्ण रुपमा पर्यटन व्यवसाय भएकोले यस विषयमा कसैले दुविधा मान्नुपर्ने कुरा नभएको मन्त्री गिरीले बताए ।प्रदेश ५ संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने माधव शर्मा ले रुपन्देही धेरै पर्यटक आउने सम्भावना बोकेको जिल्ला भएको बताए । उनले रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पश्चात अन्य जिल्लाको तुलनामा यहाँका होटल तथा रेष्टुरेण्ट फस्टाउने बताए ।

रुपन्देही प्रदेश ५ को स्थायी राजधानी हुनुको विकल्प छैन, उनले भने ।प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले नेपाल पर्यटनको देश भएको उल्लृृेख गर्दै केवल पर्यटन कुरा मात्र होइन यसको विकासको लागि काम गर्नुपर्ने बताए । उनले सरकारले तय गरेका नीति नियम प्रशासनले लागु गर्नुपर्ने बताए । होटल व्यवसायीका समस्याहरुलाई नीतिगत रुपमा समाधान गर्न प्रदेशसभाको माध्यमबाट पहल गर्न आफु हातेमालो गरेर अगाडी बढ्न तयार रहेको उनले बताए । नेताहरुले केही नयाँ काम गर्ने होइन, केवल व्यवस्थापन मात्र गरे पुग्छ, प्रदेशसभा सदस्य पाण्डेयले भने ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिका पर्यटनको क्षेत्रमा अगाडी बढिसकेको जिकिर गरे । सिद्धार्थनगरलाई बुद्धमय नगरको रुपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । नगरपालिकाको आयस्रोत कम भए पनि योजनाहरु अगाडी बढाउनु आफु र नगरपालिका कत्ति पनि बिचलित नभएको उनको भनाइ थियो ।होटल व्यवसायी महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले रातभरी होटल खोल्न पाउनुपर्छ भन्ने भनाइ र व्यवहारमा फरक देखिएको बताए ।

उनले व्यवसायीहरुले एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण सिर्जना हुनुपर्ने माग गरे ।उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले होटलमा कोठा दिएकै आधारमा होटल व्यवसायीलाई अपराधी सरह व्यवहार गर्नु गलत भएको बताए । उनले कृषि उद्योग सरह राज्यले होटल व्यवसायलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरु बढाउनुपर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधानमा राज्य गम्भिर हुनुपर्ने बताए ।होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जि।सी।ले ठूला ठूला घर निर्माण भएर मात्र समृद्धि नहुने बताए । उनले होटल व्यवसाय कुन मन्त्रालय अन्तर्गत पर्छ त्यस बारे छलफल गर्नुपर्ने बताए ।होटल व्यवसायी संघ प्युठानका अध्यक्ष जंग बहादुर थापा, नवलपरासीका अध्यक्ष रमेश पाण्डे, दाङका अध्यक्ष हेमन्त प्रसाद पाण्डे, नेपाल अपा¨ आश्रम बुटवलका अध्यक्ष डोल बहादुर रामदाम लगायतले बोल्दै होटल व्यवसायीका समस्या समाधानमा राज्य केन्द्रीत हुनुपर्ने बताए ।संगठनका अध्यक्ष गणेश प्रसाद बेल्बासेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलको स्वागत मन्तव्य, निवर्तमान अध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव पिताम्बर न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।यसै बीच साधारणसभाको अवसर पारेर होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै बुद्ध टेलिभिजनका भैरहवा संवाददाता रबिन्द्र गुप्ता सम्मानित भएका छन् । संगठनले गुप्तालाई नगद सहित सम्मान गरेको हो । यसै बीच होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको सातौं वार्षिक साधारणसभाको अवसरमा संस्थाले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । संगठनले मोहनी हाइजीङ प्रा।लि।, टाइगर बु्रअरी प्रा।लि।, यति बु्रअरी प्रा।लि।, युनिभर्सल वाइन इण्डस्ट्रिज, माउण्ट लिकर्स, गोर्खा बु्रअरी र सुरुची फर्निचर उद्योगलाई सम्मान गरेको छ । त्यस्तै विभिन्न तालिममा प्रशिक्षकको भुमिकामा रहने औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रादेशिक कार्यालय बुटवलका प्रमुख मुकुन्द ज्ञवालीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संगठनले अपा¨ता भएका दुई जना महिलाहरुलाई ह्वील चियर समेत प्रदान गरेको संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया