लेखा समीतीका सभापती भरत कुमार शाह द्धरा २ ओटा पुलको निरीक्षण

प्रकाशित मिति:

वुटवल । नेपाली कांग्रेसका नेता तथा सार्वजनीक लेखा समीतीका सभापती भरत कुमार शाह द्धव्रा २ ओटा पुलको निरक्षण गर्नु भएको छ । सैनामैना नगरपालीका को वडा नं ७ र ८ को गौडी लम्टीया हुदै देउवापार जोड्ने ईन्गुरीया नदीको पुल जेठ महीना भित्रनै सम्पन्न गर्न अर्घखाची जेवि वावुल कन्ट्रक्सन का प्रतिनीधी मीन वहादुर थापा लाइ शाहले निर्देशन दिनु भएको छ । समयमै निमार्ण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पछी स्थानीय हर्सीत भएका छन् । विकाशका पर्यवाची जस्तै वनेका भरत कुमार शाहले त्यस क्षेत्रको विकासमा महत्वपुर्ण भुमीका खेलेको स्थानीयको भनाई रहेको छ । त्यस्तै इन्गुरीया नदीको पाल्पा को रैनादेवि गाउपालीका र रुपन्देहीको सैनामैना जोडीने पुल को पनी निरीक्षण गर्नु भएको छ भने ईन्गुरीया वाधको पनी उहांले निरीक्षण गर्नु भएको छ । पुल निरक्षणमा शाह संगै नेपाली कांग्रेसका रुपन्देही उपसभापती फडीन्द्र शर्मा , नेपाली कांग्रेसका युवा नेता प्रदेश सांसदका उम्मेदवार विष्णु पोखरेल ,सैनामैनाका सभापति राम प्र अधीकार , ने का का जिल्ला सदस्य देवि प्र कडेल, विपी विचार राष्ट्रीय समाजका क्षेत्रीय सभापती रणबहादुर खनाल, स्टार स्पोर्ट्स क्लबका अध्यक्ष खिमराज पोख्रेल ,स्टार स्पोर्ट्सका सचिव शिबराज पोख्रल ,सैनामैना ९ का अध्यक्ष डोलराज भण्डारी , कृण्ण पोख्रेल,आशिष ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।