लम्टीया खेलमैदानलाई थप ब्यवस्थित बनाउन सहयोग गर्ने :लेखा समिति संयोजक शर्मा

प्रकाशित मिति:

सुरेश परियार, सैनामैना रुपन्देहीको सैनामैना नगरपालिका वडा न.७ लम्टीयामा रहेको खेलमैदानलाई थप ब्यवस्थीत बनाउन संसदीय कोषबाट सहयोगका लागी पहल गर्ने सार्वजनिक लेखा समिति सभापति तथा नेपाली कांग्रेस नेता भरतकुमार शर्माले बताउनुभएको छ ।

राम्रा खेलाडीहरु उत्पादन गर्न स्तरीय खेल मैदानको आवश्यकता पर्ने बताउदै सभापति शाहले आगामी आर्थिक वर्षमा संसदीय कोषबाट यस मैदानको विकासका लागी आवश्यक बजेट उपलब्ध गराउन सहयोग गर्ने दृढता शाहले ब्यक्त गर्नुभयो ।स्टार स्पोर्टस क्लबको आयोजनामा आजबाट सुरु भएको सैनामैना प्रिमियर लिगको उद्ध्घाटन गर्दै सभापति शर्मा ले खेलकुदको विकास लागी काठमान्डौ,पोखरा जस्ता ठाउँहरुमा अन्र्तराष्ट्रिय स्तरीको स्टडियम बन्न आवश्यक रहेको कुरा औल्याउनुभयो ।उहाँले खेलकुदको माध्यमबाट खेलाडीको भित्रि प्रतिभावहरु प्रस्फोटन हुनका साथै यस प्रकारका लिगहरुले खेलाडीहरुमा प्रोत्साहन मिल्ने समेत बताउनुभयो । क्रिकेट क्रेज नेपालमा समेत अधिकतम रहेको हुदाँ यसको विकास लागी स्थानीयतह,प्रदेश सरकार र संघिय सरकारले बढि चासो दिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

यस्तै नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले समृद्धिको आधार अध्ययन मात्र नभई सामाजिक क्षेत्रको विकास लागी खेलकुद पनि अपरियहार्य रहेको बताउनुभएको छ ।स्थानीय क्षेत्रमा यस प्रकारको खेल हुन खुशीको कुरा बताउदै उपसभापति शर्मा ले खेलकुद विकासका लागी विशेष निति अवलम्बन गर्न आवश्यक देखीएको जिकीर गर्नुभयो ।क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त विकृय मल्लले रुपन्देहीको सैनामैना खेलकुदको हिसावले उर्वराभुमि भएकाले यसका विकास लागी स्थानीय तहको चासो बढि हुनुपर्ने बताउनुभयो ।खेलाडी उत्पादन गरि अन्र्तराष्ट्रिय जगतमा नेपाली र नेपालीको गरिमा उच्च बनाउन क्रिकेट संघले पनि काम गरिरहेको बताउनुभयो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि प्रदेश ५का महासचिब लाल प्रसाद पंगेनि,नेपाल कम्यूनिष्ट पार्टि सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने लगायतले बोल्नुभएको थियो ।कार्यक्रम स्टार स्पोर्टस क्लब लम्टीयाका अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षता,सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा लिगको सिइयो कृष्ण प्रसाद भण्डारीको स्वागत तथा क्लबका पुर्व अध्यक्ष कृष्ण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।