प्रधानमन्त्री अधीनायकवादी वन्न खोजे ज्ञानेन्द्रकै हालत हुन्छ : धनराज गुरुङ (भिडियो सहीत )

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल\स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले प्रधानमन्त्री केपी अधिनायकवादी र सर्वसत्तावादी बन्दै संविधान भन्दा माथि जान खोजे पूर्व राजा ज्ञानेन्द्रको अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन्। सरकारको विरोधमा काँग्रेस स्याङ्जाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता गुरुङ्ले जनताले बनाएको संविधान भन्दा माथी कोही नहुने भन्दै केपी ओली सरकार संविधानभन्दा माथी जान खोजेको आरोप लगाए ।

काँग्रेस पार्टी कार्यालयबाट शुरु भएको विरोध र्‍याली वीपीचोक, हुलाकमार्ग, ठाडोलाईन, घुम्ती, प्रगतिनगर हुदै सहिदचोकमा पुगेर भएको विरोध सभामा परिणत भएको थियो।

काँग्रेस केन्द्रीय सदस्य गुरुङ्ले राणा, पञ्चायत र राजासँग नझुकेको काँग्रेसको इतिहास स्मरण गराउँदै प्रधानमन्त्री केपी राजा बन्ने खोजे ज्ञानेन्द्रकै हालत हुने चेतावनी दिए।

“नेकपाको नेतृत्वमा सरकार बनेपछि दैनिक उपभोग्य वस्तुमा चर्को मुल्यबृद्धि, विभिन्न बहानामा करबृद्धि गरेकाले जनता आक्रान्त भएका छन् ।” नेता गुरुङ्ले भने, “चुनावको समयमा ‘ सम्मृद्धि नेपाल र खुशी नेपाल ’ नारा दिएर जनमत लिएर सरकारले जनताको ढाड सेक्ने काम गरेको छ ।”

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय उल्टाएर सरकारले विधि र पद्धतिको खिल्ली उठाएको दाबीगर्दै नेता गुरुङ्ले भने, “छापामार शैलीमा सरकारले प्राज्ञिक क्षेत्रलाई अपरहण गरेर तर्साउन खोजिएको छ ।” सरकारको यस्तै शैलीनिरन्तर रहे सरकारको दिनगन्ती शुरु हुने उनले दाबी गरे । भष्ट्रचारले चुर्लुम्व डुवेको यो सरकारले मुलुकलाई समृद्धि होइन मुलुकलाई आर्थिक भार थोपर्ने काम गरेको गुरुङको भनाई थियो । अहिले काँग्रेस देशभरका सदरमुकाममा सांकेतिक आन्दोलन गर्दै छ नेता गुरुङ्ले भने,“ संविधानलाई अक्षरस पालना नगरे काँग्रेस सिंहदरवार घेराउ गर्न पछाडी हट्ने छैन् ।”

विरोध सभामापूर्व सांसद मोहन प्रसाद पाण्डे, संविधान सभाका पूर्व सदस्य कमल प्रसाद पंगेनी, राजु थापा, महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी र काँग्रेस स्याङ्जाका सचिव कुमार रानाले लोकतन्त्रमा जनताको सेवागर्ने सरकार हिले जनतालाई तिरस्कार गर्न केन्द्रीत बनेको आरोप लगाए ।

विरोध र्‍यालीमा काँग्रेस कार्यकताको बिशाल सहभागिता रहेको थियो। र्‍यालीमा जिल्लाका ११ वटै स्थानीय तहबाट कार्यकर्ता सदरमुकाम आएका थिए। कार्यकर्ताको बिशाल सहभागिता देखेर हौसियका नेताहरुले माइतीघर मण्डलामा सिमित भयो भन्ने काँग्रेसलाई हेर्न नेकपाका नेतालाई आग्रह गर्दै थिए। उनीहरुले काँग्रेस स्याङजाको तस्विर र भिडियो मगाएर हेर्न केपीलाई सुझाव

दिएका थिए।