सृद्धिका लागि सहकार्य

प्रकाशित मिति:

बुटवल –समृद्धिका लागि संचार माध्यम र राजनीतिक दलहरुकाबीच सहकार्य आवस्यक रहेको एक कार्यक्रमका बक्तहरुले जोड दिएका छन् । सिद्धार्थ पब्लिकेशन प्रालिद्धारा प्रकासित लुम्बिनी दैनिकको ३१ औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरीएको ‘समृद्धिको यात्रामा सञ्चार माध्यम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले सहकार्यको अर्को नाम नै समृद्धि भएको बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादनको क्षेत्रमा बृद्धि गर्न सकेमा मात्र देश समृिद्धको दिशामा अघिबढ्न सक्ने बताए । उनले पत्रकारीता उत्पादन बढाउने गरी उत्प्रेरण दिन तर्फ उन्मुख हुन सकेमा मात्र समृद्धिको सपना साकार हुने बताए ।उनले संघीय प्रणलीमा देश गइसकेकाले अवको यात्रा विकास र समृद्धिको मात्र रहेको समेत बताए । उनले व्यवस्था परिवर्तनलाई सही ढंगले प्रचार गर्न नसकिएको भन्दै संचार माध्यमहरुले त्यसमा सघाउनु पर्ने बताए ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले देशमा हुने राजनीतिक परिवर्तनमा मिडियाहरु पक्षपाति रहँदै आएको स्मरण गर्दै मिडियाहरुले सरकारका काम कारवाही विषयमा रचनात्मक भूमिका खेल्नु पर्ने बताए । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणका लागि मिडियाले सकारात्मक भूमिका निभाउनु पर्नेमा जोड दिए । ‘स्थनीय सरकार देखि अन्य निकायहरुको निगरानी कर्ताका रुपमा संचार माध्यमहरुले शशक्त भूमिका खेल्नु पर्छ ।’ उनले भने ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का कार्यावहाक अध्यक्ष भरत के.सी.ले विकासका एजेन्डाहरुलाई अवको पत्रकारीताका मुख्य इसु बनाउनु पर्ने बताए । उनले दैनिक लुम्बिनी यस क्षेत्रको पत्रकारितामा विश्वविद्यालयका रुपमा इतिहास बनाएको बताए । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पान्डेले पत्रपत्रिका मात्र कलेर जानुले खास अर्थ नराख्ने भन्दै गुणस्तरीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने बताए । ‘पत्रिका मात्र संगिन बनाएर होइन विचार समेत अव्वल र रंगिन बन्दै जानु पर्छ ।’ उनले भने । भिजन लुम्बिनीका अध्यक्ष जगत पोख्रेलले मिडियाको भूमिका सकारात्मक दिशामा अघि बढ्नु पर्ने बताए । ‘मिडियाले अव राम्रा कुराको म्यासेज दिनु पर्छ ।’ उनले भने । सिद्धार्थ पब्लिकेशन प्रा.लिका अध्यक्ष मोहन चापागाइको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको संचालन, पत्रिकाका सल्लाहाकार एमवि विश्वकर्माको स्वगतमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पान्डे, नयाँ शक्ति नेपालका मनिकर कार्की, रोडा ढुंगा व्यवसायि महासंघ प्रदेश ५ अध्यक्ष गोपाल ज्ञवालीलगाएतले बोल्दै समृद्धिको सुरुवात मिडियाबाट गर्नु पर्ने बताए ।