बर्दघाट साहित्य समाज गठन

प्रकाशित मिति:

बर्दघाट –बर्दघाट नगरपलिकामा क्रियासिल रहेका साहित्यकारहरुको भेलाले बर्दघाट साहित्य समाज गठन गरेको छ । साहित्य समाजको दर्पण रहेको र यसले समाजमा रहेका बिसंगतीलाई छर्लङ्ग पार्ने हुनाले साहित्यमा रुचि राख्ने राख्ने ब्यक्तीहरुलाई एकिकृत राख्न नेपाली साहित्यको वृद्धी गर्ने उदेश्यले साहित्य समाज गठन गरिएको हो ।

समाजले दिनानाथ पौडेलको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती समेत गठन गरेको छ । जसको उपाध्यक्षमा हुमनाथ आचार्य सचिवमा प्रकाश न्यौपाने सह–सचिवमा रविन शर्मा चापागाई कोषाध्यक्षमा विश्वराज भट्टराई र सदस्यहरुमा डिक बहादुर पाण्डे ,मुक्तिनाथ तिवारी,नवराज घिमिरेलाई सर्बसम्मत चयन गरेको छ भने बाकी ३ सदस्य आगामी बैठकमा मनोनित गरिने अध्यक्ष दिनानाथ पौडेलले बताउनु भयो ।