विद्यार्थीका लागि ह्याप्पीनेस कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकाको वडा न ९ मा ह्याप्पीनेस कार्यक्रम सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुको नतिजा पर्खाईको समय व्वस्थापन र भविष्यमा के गर्ने भन्ने अन्यौलता मेटाउनका लागि तिलोत्तमा नगरपालिका वडा न ९ का अध्यक्ष नारायण न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका करिब ३०० जना विद्यार्थी तथा उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रशिक्षक डिल्लीनारायण पाण्डेले वडा अध्यक्षको पहलमा भएको यस्तो कार्यक्रमले विद्यार्थीहरुमा रहेको अन्यौलतालाई व्वयवस्थापन गर्न सघाउने र तनावमा रहने हिंजोआजका युवाहरुका लागि खुशि रहने शुत्र सिकाउनेमा आफू विश्वस्त रहेकोे बताए ।
यस्तै कार्यक्रमको बारेमा प्रस्ट्याउंदै वडा अध्यक्ष न्यौपानेले आफू अध्यक्षमा निर्वाचित भएलगत्तै गरेकोे प्रतिबद्धता स्वरुप सामाजिक कार्यमा आफूले पाउने तलब लगानी गर्दै विद्यार्थीहरुका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाए ।  एक दिने उक्त कार्यक्रममा प्रशिक्षक डिल्लीनारायण पाण्डे र रमेश अर्यालले प्रशिक्षण दिएका थिए ।