नवदुर्गा मन्दिर समितिको तेश्रो अधिवेशन तथा साधारणसभा बाटअध्यक्षमा अर्जुन कुंवरचयन

प्रकाशित मिति:

बुटवल । बुटवल ११ देविनगर स्थित नवदुर्गा मन्दिर समितिको तेश्रो अधिवेशन तथा साधारणसभाले अध्यक्षमा पुन अर्जुन कुंवरलाई चयन गरेको छ ।सनिवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा कुल वहादुर केसी, सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा रामचन्द्र तिवारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक अर्जुन खनालले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा सोमवहादुर मल्ल, तेज प्रसाद अर्याल, कमल खनाल, रामराज लामिछाने, सरस्वती कार्की, श्यामकली आचार्य रहेका छन । एक जना महिला सदस्य र सहसचिव मनोनित गरिनेछ ।

कार्यक्रममा मन्दिरका प्रमुख संरक्षक कमल किशोर मालपानी, सल्लाहकारहरु चित्रवहादुर वर्मा, सावित्रा टण्डन रोमवहादुर कुंवर, कुल वहादुर केसी, लक्ष्मण कुमार श्रेष्ठ टिका सरा वस्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष अर्जुन कुंवरको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष माधव श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ ।