आप्रवासी परिवार हकहित मञ्च नवलपरासीको पहिलो साधारण सभा सम्पन्न

२३ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
17 Shares


रामु भुसाल नवलपरासी आप्रवासी कामदार हकहित सरक्षण मञ्च नवलपरासीको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन साथै आप्रवासी परिवार हकहित मञ्च नवलपरासीको पहिलो साधारण सभा श्निबार बर्दघाट ९ भुतहामा सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा गैर सरकारी सस्था प्रदेश नम्बर ५ का सल्लाहकार एवं ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चको प्रगति प्रतिबेदन अध्यक्षद्धारा प्रस्तुत गरिएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष टिका काफ्लेले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु इन्द्रेणीसमािजक विकास मञ्चद्धारा सञ्चालित सुरक्षीत आप्रवासन परियोजनाकी कार्यक्रम समयोजक उमा पौडेल, आप्रवासी कामदार हकहित सरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष अनिल गुरुंग, आप्रवासी कामदार हकहित मञ्च हुप्सेकोट गाउपालिका अध्यक्ष ऋषिराम डुम्रे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । साविकको नवलपरासी जिल्लालाई कार्य थलो बनाएर काम गरिरहेको मञ्चले जिल्ला टुक्रिए संगै दुई वटा जिल्ला कमिटि समेत सर्व सम्मत चयन गरेको छ । बर्दघाट सुस्ता पुर्वी नवलरासीमा युबलाल तिवारी गोपालको अध्यक्षतामा ११ सदस्यिय आप्रवासी कामदार हकहित सरक्षण मञ्च नै सर्वसम्मत चयन गरिएको छ ।

जसको उपाध्यष बाल कुमारी जिसी, काषोध्यक्ष कल्पना श्रेष्ठ क्षेत्री, सचिव टिका काफ्ले सहसचिव मन बहादुर मल्ल रहनुभएको छ भने सदस्यहरु सशुभ राना, तुलसी प्रसाद खनाल, मााय ढकाल र जित बहादुर महतो लगाएत रहनुभएको छ भने बर्दघाट सुस्ता पश्चिम नवलपारसीमा बल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय आप्रवासी परिवार हकहित मञ्च चयन गरिएको छ । जसको उपाध्यक्ष सन्तोष कुमार दुबे, सचिव रामु भुषाल, कोषाध्यक्ष सुमित्रा चौधरी, सहसचिव अमर नारायण चौधरी रहनुभएको छ भने सदस्यहरु विन्दु रोका, चन्द्रकला राना, पुष्पा कुमारी चौधरी र रमेश कुमार चौहान लगाएत रहनुभएको छ । मञ्चका उपाध्यक्ष युवलाल तिवारी गोपालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन मञ्चका जिल्ला सचिव एवं सञ्चार समयोजक रामु भुषालले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण