सैनामैनामा दुई दिने थारु भाषा साहित्य सम्मेलन सुरु

प्रकाशित मिति:

क्षेत्रगत भाषालाई एकरुपता दिन रुपन्देहीको सैनामैनामा दुई दिने थारु भाषा साहित्य सम्मेलन सुरु भएको छ । छुटै पहिचान,भाषी र सस्कृति बोकेको धेरै संख्यामा रहेको थारु समुदायले बोल्ने विविध भाषालाई अव एउटै भाषा( दंगाली)मा केन्द्रीत गर्न साहित्य सम्मेलन सुरु भएको हो । देशभरिका करिब २०० भन्दा बढि लेखक ,कलाकार , साहित्यकार ,भाषाबिद्हरुको कार्यक्रममा सहभागिता रहेको छ । २ दिनसम्म चल्ने सम्मेलनको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै चित्र बहादुर कार्कीले कुनै पनि जाती , समुदायको संस्कृति संस्कारको पहिचान दिलाउने मध्यम भाषा साहित्य नै भएको बताए । विभिन्न जाति समुदायको संस्कृति संस्कार भाषा भाषी हितमा स्थानिय सरकारले प्रथामिकतामा राखेर काम गरिने उनले बताए । कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका प्रज्ञी लक्ष्मी सामीले भाषा बाँचे जाति बाँच्ने भन्दै भाषा जीउँदो छ भने मात्रै जाति बाँच्ने बताईन । हाम्रो देश विभिन्न जातजाति भाषाभाषाीले भरिपूर्ण रहेकोले भाषाभाषी, संस्कार संस्कृतिहरुको विकास भए मात्रै देशको विकास हुने उनको भनाई रहेको छ । त्यस्तै थारु भाषा विज्ञ् महेश चौधरीले सबै युवाहरुलाई आफ्नो भाषा साहित्य बचाउन लाग्नु पर्नेमा जोड दिए । राष्ट्रब्यापी अभियान अन्र्तगत थारु लेखक संघ नेपालको आयोजना तथा थारु कल्याणकारिणी सभा सैनामैना नगरसमितिको सहजकीकरणमा दुई दिने चौथो थारु साहीत्य राष्ट्रिय सम्मेलन सुरु भएका थारु कल्याणकाणि सभाका पुर्व जिल्ला सभापति रामबलि चौधरीले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका चौधा किताबको विमोचन गरिएको छ भने लेखिका शान्ता चौधरी, गायक हरिनारायण चौधरी र नीवास चौधरी, अभिनेता मनिष चौधरी सम्मानित भएकाा छन् । यो भन्दा पहिला दाङ,नवलपरासी,बर्दिया,कैलाली गरिसकेको आयोजनकले बताएको छ ।