खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बर्दघाट-बर्दघाट खोनपानी तथा सरसफाई उपभोक्ता सँस्था अन्र्तगत सञ्चालित खानेपानी सुरक्षा योजना समितीको आयोजनामा शनिबार बर्दघाट ४ हरियाली नगरमा खानेपानी सम्बन्धी सुरक्षा, सरसफाई र जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष एवं समितिका समयोजक धातानन्द बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुलाई खानेपानीको महत्व, चुहावट नियन्त्रण र जलवायु परिवर्तनले खानेपानीमा पर्ने असर र सरसफाई लगाएतका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा हरियाली नगर टोल विकास सस्था, हरियाली नगर आमा समुह, समितिका पदाधिकारी, उपभोक्ता लगाएत करिब ७० जनाको सहभागिता रहेको थियो । सो अवसरमा खानेपानी सुरक्षा योजना समितिका सदस्य एवं स्वास्थ्यकर्मी ईन्द्र लामिछाने मुहान देखी मुख सम्म कसरी खानेपानी सुरक्षित गर्ने र वातावरणिय सरसफाईका बारेमा सहजिकरण गर्नुभएको थियो । सस्थाको बार्षिक कार्यक्रम अनुसार यस आर्थिक बर्षमा खानेपानी वितरित क्षेत्रमा ४ स्थानमा स्वास्थ्य चेतना जागृत गर्ने उदेश्यका साथ खानेपानी वितरित स्थानहरुमा कार्यक्रम गरिदै लगिएको छ । सो कार्यक्रममा हरियाली नगर टोल विकास सस्थाका अध्यक्ष तारा प्रसाद गौतम र समाजसेवी लुम बहादुर खाम्चाले यस्ता कार्यक्रमहरुले जनचेतना जागृत हुने हुदा कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा सहभागिले उपभोक्ताका समस्या र सस्थालाई सुझाव समेत दिइएका थिए । कार्यक्रममा सस्थाकी सदस्य एवं खानेपानी सुरक्षा समिति सदस्य सृजना आचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन खानेपानी सुरक्षा समिति सदस्य रामु भुषाले गर्नुभएको थियो । त्यस्तै, शनिबारै केरवानी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था रुपन्देहीले बर्दघाट खानेपानी तथा सरसफाई सस्थाको अध्ययन अवलोकन अवलोकन भ्रमण सम्पन्न गर्नुका साथै विशेषत जलवायु अनुकुलित आनेपानी सुरक्षा योजनाका बारेमा समेत अन्र्तकया कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केरवानी खानेपानी तथा सरसफाई सस्थाका कार्य समिति पदाधिकारी, स्थानिय जननिर्वाचित प्रतिनिधि, कर्मचारी लगाएत भ्रमण टोलीमा सहभागि रहेको सस्थाका ब्यवस्थापक विष्नु कुमार भुषाले जानकारी दिनुभएको छ ।