सस्थापक उपाध्यक्ष राइको पोल्टामा नेपाली नारी समाज पोर्तुगलको कार्यभार

प्रकाशित मिति:

पुनम गौतम-लिस्बन लामो समयदेखि हुन नसकेको नेपाली नारी समाज पोर्तुगलको दोस्रो अधिवेशन अन्तत शनिबार टुंगिएको छ । अधिवेशनले समग्र समुदायलाई प्रतिनिधित्व गर्दै दोश्रो कार्यकाल जनजाती समुदायकि जयकला राइलाइ अध्यक्ष हस्तान्तरण गर्दै टुंङिएको हो । समाजमा पार्टीको गन्ध पैदा भयो भन्दै समाजका उच्च ओहोदामा रहने एक नारीका कारण पछाडी धकेलिएको अधिवेशनले उर्जावान नव नारीहरुलाई समाजमा प्रवेश गराएको छ ।

समाजलाई थप अग्रसर बनाएर अगाडि बढाउने उद्घे्यले सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षहरुमा मिनामाया खरेल, बिमला आचार्य, हरिमाया घले, त्यस्तै उपाध्यक्षमै जिल्ला बाहिरको एकजना सदस्य रहने गरि निर्वाचन(क्षेत्र सहित कार्यभार छोडिएको छ । भने, महासचिवमा सीता श्रेष्ठ र सचिबमा पुनम गौतम सहित गिता रेउले त्यस्तै ज्योत्सना अधिकारी कोषाध्यक्ष र देवि घले सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ भने सम्झना अधिकारी,पितु लामा,जानुका लामा, सजना पौडेल सहित समाजले २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नेपाल देखि पोर्तुगलसम्म विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको समाजले पोर्तुगलमा रहेर नेपालको इतिहास रच्न टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाइ सम्मान समेत गरेको छ । पोर्तुगलमा नर्सिङ लाइसेन्स पाउने पहिलो नेपाली नारी इन्दिरा ब्यन्जन्कार, फेसन विक मा डिजाइन प्रस्तुत गर्ने आस्मा कार्की, करातेको तर्फबाट हिक्मत घर्तिमगर,धावक आइत तामाङ,र समाज रुपान्तरणको लागी महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै जर्नालिस्ट क्लब पोर्तुगललाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो । विभिन्न संगसस्थाको सहभागिता रहेको कार्यक्रममा पोर्तुगलका लागि नेपाल सरकारको पर्यटनदुत रमेशकुमार गुरुङले महिलाहरु एकढिक्का भएर अगाडी बढन आग्रह गर्दै नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । त्यस्तै गैराआवासिय नेपाली संग पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले महिलाहरुको समस्या समाधानको लागि समाजको आवश्यकता के हो र त्यसको समाधानको लागि समाजको स्थापना भएकाले राजनीति भन्दा माथी उठेर कार्यभार समाल्न सम्पुर्ण नारीहरुलाइ आग्रह गर्नुभयो । गैराआवासिय नेपाली संग पोर्तुगलका आइसीसि सदस्य नरेन्द्रकुमार हमाल र पेम्बा शेर्पाले सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । सुनिता ब्लोन लामा निर्वाचन समितिको संयोजक सहित निमा शाहि र निमोल्होमु शेर्पाले निर्वाचन समितिको कार्यभार वहन गर्नुभएको थियो । समाजकी निबर्तमान अध्यक्ष सीता बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शनिवार नै नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको थियो ।तस्बिर :फोटो दृस्टी