लिस्नु क्लब भूपू सैनिक कपको क्वाटरफाइनलमा

प्रकाशित मिति:

बुटवल-बुटवलको सालघारीमा जारी तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लिस्नु युवा क्लब विजयी भएको छ । जबई खेल मैदानमा सम्पन्न खेलमा लिस्नुले जनप्रिय स्पोर्टिङ क्लब सैनामैनालाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा लिस्नुका हिमाल गुरुङले १७औं मिनेटमा र गोविन्द थापाले ३६औं मिनेटमा गोल गरेका थिए । खेलमा हिमाल गुरुङ नै म्यान अफ द म्याच घोषित भए । भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवलको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत आइतबार झरना स्पोटै्स क्लब कुन्जलापुर तिलोत्तमा र फर्साटिकर युवा क्लबबीच हुने क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए बैसाख १ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।