स्याङ्जा पिडीखोला सम्पर्क समाज रुपन्देही द्वारा जेष्ठ नागरिकलाइ सम्मान

प्रकाशित मिति:

रुपन्देही-स्याङ्जा पिडीखोला सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाका अबसरमा जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ । समाज परिवार भित्रका ८० बर्ष नाघेका जेष्ठ नागरिक २३ जनालाइ सम्मानपत्र,दोसल्ला र नगद सहित सम्मान गरिएको छ ।

बुटवलमा भएको कार्यक्रममा समाजका अध्यक्ष लिलाधर पौडेल,प्रमुख अतिथि कोमलप्रसाद शर्मा,ऋषिराम भुसाल,नुमाकान्त चापागाइ,उमाकान्त सापकोटा,ढाकाराम न्यौपाने,प्रदीप सुबेदी लगायतले बोल्दै समाजलाइ सामाजिक काममा पनि अघि बढाउनुपर्ने बताएका थिए । सो अबसरमा संस्थाका अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको थियो भने नया बर्षको क्यालेन्डर समेत बिमोचन गरिएको थियो ।