पाल्पामा वंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेला आयोजना

प्रकाशित मिति:

पाल्पा -तानसेन नगरपालिका वडा नं ७ को वंशगोपाल युवा क्लबले आयोजना गरेको पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेला आयोजना गरेको छ । वंशगोपाल युवा क्लवको आयोजना, औद्योगिक शान्ती नेपाल संस्था र वडा नम्बर ७ को सह–आयोजनामा मेला सुरु भएको हो ।

मेलाको पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले उद्घाटन गरे । युवाहरुको अथक मेहनत, आर्थिक कारोबारको वृछि, युवामा देखिएको सकारात्मक सोंचको प्रतिफल भएको बताएका छन् । उनले प्रभास, बाँसटारी क्षेत्रका युवाहरुको उर्जावान् सोंच र क्रियाशिलता सबैले उदाहरणका रुपमा सिक्नुपर्नेमा जोड दिए । तानसेनमा मात्र होइन, तानसेन बजार बाहिर पनि मेला सफल बनाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । मेला उद्घान अघि टोलविकास संस्था, विभिन्न क्लब, संघसस्थाहरुले झाँकी, ¥याली सहित वाँसटारी, वंशगोपाल, प्रभास क्षेत्र परिक्रमा गरेका छन् । वैसाख २ गतेसम्म संचालन हुने मेलामा २ सय बढी स्टलहरु रहेका छन् । खुल्ला भलिवल प्रतियोगिता मुख्य आकर्षण रहने आयोजकले जनाएका छन् । महोत्सव अवधिमा नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको आयोजना हुने मूल आयोजक समितिले जनाएको छ ।