नेपालले आज नेदरल्याण्डसंग ऐतिहांसिक एक दिवशीय खेल खेल्दे

प्रकाशित मिति:

नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आजको खेल पहिलो खेल हो ।गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका लागि यो खेल इतिहास पनि हो । खेलमा राम्रो लय समाति रहेको नेपालले एकदिवसीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा गरिएको छ ।

गएको आइतबार नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।